मेरो प्रोग्रामको सबै ‘डिल’ श्रीमानले गर्नुहुन्छ -एलिना चौहान

२९ वैशाख २०८१ ५:३०

बैशाखको पहिलोसाता बिहे गरेकी गायिका एलिना चौहान उनका श्रीमानका साथमा यतिबेला दुबईमा रमाइरहेका छन् । उनी सांगीतिक कार्यक्रमका लागि श्रीमान् विष्णु सापकोटाको साथमा दुबई पुगेकी हुन् ।

अहिले दुबईमा रमाइरहेका यो जोडीले दुबई जानुभन्दा अगाडि विभिन्न युट्युब च्यानललाई अन्तरवार्ता दिएका थिए। अहिले उनीहरूले दिएको एकपछि अर्को अन्तरवार्ता युटुबमा सार्वजनिक भइरहेको छ ।

उनिहरुले दिएको अन्तरवार्ता अझ भनौ गायिका एलिना चौहानले दिएको एउटा अन्तरवार्तामा एलिनाले विष्णुसँग विवाह गर्न आफ्नो सपना पूरा भएको भन्दै खुशी व्यक्त गरिन् । बिहेका लागि आफूले नै प्रस्ताव राखेको उनको स्वीकारोक्ति छ । हजारौ सपनाहरु मध्यको एक सपना उनले बिष्णुलाई पाउनु थियो। आफ्नो सर्वस्व नै श्रीमानलाई ठानेकी उनी निकै खुशी छिन्।

विष्णुसँग बिहे गरेपछि आफूलाई व्यवसायिक जीवनमा समेत सजिलो भएको बताउदै उनले भनिन्, ‘मैले गार्जियनजस्तो पाएको छु । मलाई कति सजिलो हुन्छ । म केही जान्दिनँ क्या । मान्छेले युज गरेको पनि थाहा पाउँदिन । हेर्दा मात्रै बाठी हो । उहाँले नै सबै गाइड गर्नुहुन्छ । मलाई यति धेरै सजिलो छ अहिले । केही डिल गर्नु पर्दैन । कसैसित छुच्ची हुनु पर्दैन । केही बोल्नु पर्दैन । सबै उहाँले गरिदिनुहुन्छ ।’

त्यसो त यता, विष्णुले भने एलिनालाई अष्ट्रेलियामै लगेर आफूसँग राख्ने योजना बनाएको बताउछन् । अष्ट्रेलियाबाटै एलिनाले गीत रेकर्ड गरेर युट्युबमा राख्ने र दसैँ तिहारमा मात्रा नेपाल आउन दिने उनको भनाइ छ ।

बिष्णु भन्छन्,- उनी सिंगर हुन् । उताबाट गाएर पनि पठाउन मिलिहाल्छ । उता समीर आचार्यको स्टुडियो छ । त्यहाँ गाएर यता पठाउने । गीतहरू कन्टिन्यू आइरहन्छन् । उनको आफ्नै च्यानल पनि छ । उतैबाट गाएर हाल्न सक्छौँ । दशैं–तिहारमा पारिवारिक भेटघाट पनि हुने र त्यतिबेला मेला महोत्सवको सिजन पनि हुन्छ । उता मेरो क्वाइट हुने टाइम हो । त्यस बेला नेपाल आउँछौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *