चर्चित गायिका शान्तीश्री परियारको तीज गीत ‘यसपालीको तीज’ सार्वजनिक गरिएको छ । आउँदो तीजलाई लक्षित गर्दै उनले यो गीत भर्खरै सार्वजनिक गरेकी हुन् ।
सार्वजनिक गीतमा ज्योतिष पण्डित डाक्टर रुद्रनाथ अधिकारीको शब्द, रिमेश कुमार थापाको संगीत गीतमा छ । गाउँ घरका तीजको माहोल र शिवको महिमा वर्णन गरिएको गीतको भिडियो मोडल अञ्जली अधिकारीको अभिनय देख्न सकिन्छ ।
कृष्णदेव रुपाखेतीको निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायांकन तथा विकाश ज्ञवालीको सम्पादन छ ।