विनयको ‘किन छिन् छिन्’

२७ कार्तिक २०८१ ५:०२

गायक विनय कार्की क्षेत्रीले नयाँ गीत रिलिज गरेका छन्। ६० को दशकमा लोकप्रिय बनेको ‘जब तिमी एक्लै थियौं’ गीतबाट गायन यात्रा सुरु गरेका कार्कीले ‘किन छिन् छिन्’ बोलको गीत रिलिज गरेका हुन्।

कमल खत्रीको रचना तथा संगीतमा तयार भएको गीतमा उनले अञ्जना सारुसँग युगल गायन गरेका छन्। गायिका सारू ‘इमेज लोककलाकार सिजन १’की विजेता हुन् । गीत रिलिजपछि विनयले ‘जब तिमी एक्लै थियौं’ बोलको गीतको लोकप्रियता सम्झदै त्यसपछिको समय करिब सात वर्ष संगीत संयोजनमा व्यस्त भएकोले गायनमा समय दिन नसकेको बताए।

नितिन चन्दको निर्देशनमा तयार पारिएको गीतको भिडियोमा श्रद्धा क्षेत्री, विक्राम पोखरेल तथा आरोही कार्की क्षेत्रीको अभिनय रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *