काठमाडौंको हायात होटलमा डिसेम्बर २० र २१ तारिखमा ‘के पप टुर इन नेपाल’ आयोजना हुने भएको छ । दिउँसो १ बजेबाट राती १० बजेसम्म यो कार्यक्रमको आयोजना हुने आयोजकले बताएको हो । कार्यक्रममा के पप, जे पप र ने–पपका कलाकारहरुले आफ्नो प्रस्तुति दिनेछन् ।
नेपालसँग दक्षिण कोरियाको कुटनीतिक सम्बन्ध स्थापित भएको ५० बर्ष पुगेको उपलक्ष्यमा आयोजना हुन लागेको कार्यक्रमको अवसरमा अन्य केही कार्यक्रम पनि नेपालमा आयोजना भइरहेका छन् । अब, भने डिसेम्बर महिनामा ‘के पप टूर इन नेपाल’ आयोजना हुने भएको हो ।
जापान र दक्षिण कोरियाका कलाकारहरुले नेपालका कलाकारहरुसँग एक अर्काको देशको संकृती झल्कने प्रस्तुती कार्यक्रममा दिनेछन् । जसका लागि नेपाली, जापानीज र दक्षिण कोरियाका कलाकारहरु उत्साहित देखिएका छन् ।
नेपालको चर्चित ब्यान्ड कुटुम्ब, गायक दीपक बज्राचार्य र करण परियारले प्रस्तुती दिने कार्यक्रममा केल्ट नाइन वी, बस्टर्च ग्रूप, डस्टिन ग्रुप, लभ वन ग्रुप, सामुराई लगायतका व्यान्डका कलाकारहरुले आफ्नो प्रस्तुती दिनेछन् ।
यस्तै, एओनियो मामी, हान सेह्यूनले पनि यो कार्यक्रममा प्रस्तुती दिनेछन् । कार्यक्रमलाई ग्रान्ड च्यारिट नेपालले आयोजना हुन लागेको हो । आयोजकले यसका लागि टिकट विक्री समेत खुल्ला भएको बताएको छ ।