आफूलाई ‘महानायक’ भन्नेलाई फेसबुकमा ब्लक गर्ने दीपकराजको घोषणा

३० कार्तिक २०८१ ११:०५

कलाकार दीपकराज गिरीले आफूलाई महानायक भन्नेलाई फेसबुकमा ब्लक गर्ने घोषणा गरेका छन् । उनले शुक्रबार आफ्नो फेसबुकमा एक पोस्ट गर्दै आफूलाई महानायक भन्ने जो-कोहीलाई पनि ब्लक गर्ने घोषणा गरेका हुन् ।

केही वर्ष अगाडि निर्देशक दीपाश्री निरौलाले राजेश हमाललाई कसरी कुन आधारमा उहाँ ‘महानायक’ हो भनेका कारण दर्शकले दीपाको नजिकको साथी दीपकराज गिरीलाई सामाजिक संजालमा ‘महानायक’ भन्दै ट्रोल बनाएका थिए ।

धेरैले अहिले पनि दीपकलाई ‘महानायक’ भन्दै संजालमा उडाइरहेका हुन्छन् । तर, दर्शकको अहिलेसम्मको प्रतिक्रियामा चुपचाप रहेका दीपक एकाएक तात्तिएका छन् ।

उनले आफू ‘महानायक’ नभएको र ‘महानायक’ पदको लागि आफूले कहिले कुनै किसिमको दाबी नगरेको र कहिले पनि नगर्ने बताएका छन् । उनले थप कटाक्ष गर्दै आफूले बारम्बार ‘महानायक’ होइन भनेर भन्दा पनि भेडापन्थि देखाउने मानिस उनको फ़ेसबुकमा जोडिन नसक्ने बताउछन् ।

उनको स्टास्ट जस्ताको त्यस्तै, ‘आजबाट जस–जसले मलाई महानायक सम्बोधन गर्नुहुन्छ, उहाँलाई मेरो फेसबुकमा ब्लक गर्दैछु । यो पद न मैले कहिले दाबी गरेको थिएँ, न गर्नेछु । तर, मैले बारम्बार भन्दा पनि भेडापन्थी देखाउने मानिस कमसेकम मेरो फेसबुकमा जोडिन सक्दैन । फरक बिचार स्वागत, असभ्यता अस्विकार ।’

उनले फेसबुकको पर्खाल आफ्नो बिचार पोख्ने थलो भएको र यहाँ आफूलाई मनपर्ने कुरा लेख्ने बताउदै अगाडि लेख्छन् ,’फेसबुकको पर्खाल आफ्नो बिचार पोख्ने थलो हो । यहाँ आफूलाई के मन पर्छ त्यो लेख्ने हो दुनियॉ लाई के मन पर्छ त्यो लेख्ने होइन।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *