अस्मिता जुरेली र सुन्दर घलानको अभिनय रहेको नयाँ गीतको भिडियो सार्वजनिक गरिएको छ । टेक बिसीको स्वर रहेको ‘तिम्रै दर्शन’ गीतमा टेकलाई अस्मिता जुरेलीले स्वरमा साथ दिएकी छन् ।
हरिभक्त बुढाथोकीको शब्द, भीम बिसीको सङ्गीत, रिकेश गुरुङको एरेञ्ज रहेको गीतमा छ । विक्रम चौहानको निर्देशन तथा कोरियोग्राफी रहेको गीतमा आफूले माया गरेको मान्छेको दर्शन नमिल्दा पिर लाग्ने बताइएको छ । प्रकाश खड्का र टिमको छायांकन रहेको गीतमा मीन रावलको सम्पादन छ ।