मिलन शंकर र अश्विनी शाहीको प्रेम समेटिएको नयाँ गीतको भिडियो ‘मनमाया’ रिलिज गरिएको छ । यो गीतको भिडियोमा राजेश बस्नेतको पनि अभिनय देख्न सकिन्छ ।
गायक किरण शंकर र गायिका सुमिना लोको स्वरमा समावेश गीतमा राम अविरल बिष्टको शब्द रहेको यो गीतमा वुद्द लामाको संगीत छ । यो गीतले जस्तोसुकै परिस्थितीमा पनि श्रीमान् र श्रीमतीबिचको मायामा घटबढ हुँदैन भन्ने सन्देश दिन खोजेक छ ।
रोहन नेपालीको कथा र निर्देशन रहेको यो भिडियोमा अनुप गुरुङको डीओपी, भोग स्टूडियो नेपालको सम्पादन छ । गीतको अडियो पनि कर्णप्रिय छ ।