बद्री पंगेनीकी छोरी बिहानीको ‘कन्या राशि’बाट डेब्यु
१४ मंसिर २०८१ ५:४६
गायक बद्री पंगेनीकी छोरी बिहानी पंगेनीले ‘कन्या राशि’बाट अभिनयमा डेब्यु गरेकी छिन् । गायक पंगेनीले धार्मिक र सामाजिक भ्रातृत्व र सहिष्णुता यो गीतबाट छोरी बिहानीलाई डेब्यु गराएका हुन् ।
१६ मिनेट लामो यो गीतले हिन्दु युवती र मुसलमान युवकबीचको प्रेम सम्बन्धलाई प्रस्तुत गरेको देख्न सकिन्छ । गायक पंगेनीले गाउँने हरेक गीतमा सामाजिक यथार्थ र सन्देश समेट्दै आएका थिए भने यो पटकको गीत पनि निकै अर्थपूर्ण छ ।
गायक पंगेनीकै निर्देशन र संगीत रहेको यो गीतको भिडियो गज्जबको छ । बिहानीको पहिलो अभिनय नै निकै प्रशंसायोग्य छ । नारायण ज्ञवालीको शब्द रहेको गीतमा पंगेनी र समीक्षा अधिकारीको स्वर छ ।
प्रशान्त मगरको नृत्य निर्देशन रहेको गीतको भिडियोमा प्रभात पल ठकुरी, बिहानी पंगेनी, अशोक पंगेनी, हमिद मियाँ, भवानी पंगेनी, श्याम पटेल लगायतका कलाकारहरुको अभिनय छ ।