र्‍यापर हाकिम र ब्रिजेशको ‘चिसो चिसो हावाले’

१४ मंसिर २०८१ ७:५५

र्‍यापर हाकिम र गायक ब्रिजेश श्रेष्ठको नयाँ र्‍याप गीत ‘चिसो चिसो हावाले’ सार्वजनिक भएको छ । शुक्रबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै गीत सार्वजनिक गरिएको हो । यो गीतको भिडियो गायक श्रेष्ठ, र्‍यापर हाकिम, मोडल युकी, एलिस बाहादुर सिंह लगायतको अभिनय छ ।

चिसो हावालाई प्रेम कम्ल्पना गरिएको यो गीतले त्रिकोणात्मक प्रेमलाई दर्शाउने छ । गीत सार्वजनिक समारोहमा उपस्थित रहेका र्यापर गिरिश खतिवडाले र्‍यापको माहोल राम्रो बनिरहेको देख्दा खुसी लागेको बताए ।

र्‍यापर हाकिमले र्यापरको भेटघाटका लागि पनि यस किसिमको कार्यक्रम आयोजना गरिएको बताउदै भने ‘हामीले सधै कभर भिडियो बनाएर गीत सार्वजनिक गर्ने गरेका छौँ । आर्थिक अनुकुलता नहुँदा पनि त्यस्तो भएको पाइन्छ, तर यसरी सानै भएपनि कार्यक्रम गर्दा भेटघाटसँगै आत्मियता बढ्छ । एकअर्कासँग सहकार्य गर्ने माहोल बन्छ ।’

विवेक मगरको छायांकन र निर्देशन रहेको गीतको भिडियो नेस स्टुडियोमार्फत सार्वजनिक गरिएको छ । र्‍यापर हाकिमको ‘राक्षस’,‘चोरीदेउ लौन मलाइ’ र ब्रिजेशको ‘रङग’, ‘ओ मैचा’,‘डल्ली’ लगायतका गीत लोकप्रिय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *