गायक दुर्गेश थापा र भारतकी ‘प्लानेट मिस इन्डिया वर्ल्ड २०१८’ नव्याश्री अभिनीत ‘रूपकी रानी, शेरको राजा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । शुक्रवार सार्वजनिक यो गीतमा कृष्ण केसी र सदिक्षा कट्टेलले स्वर दिएका छन् । सङ्गीत कृष्ण केसीको रहेको छ भने शब्द रचना नव्याश्री आफैँले गरेकी हुन् ।
सार्वजनिक यो गीतको भिडियोमा दुर्गेश थापा र नव्याश्रीको प्रमुख भूमिका रहेको छ भने राजकुमार थापा र प्रकाश कँडेलले खलनायकको अभिनय गरेका छन् । भिडियोको निर्देशन, सम्पादन र भिएफएक्स क्रान्ति केसीले गरेका छन् । छायाङ्कन अजय रेग्मीले गरेका हुन् भने एक्सन निर्देशन रमेश मगरले गरेका छन् ।
कोलकातामा जन्मेकी नव्याश्री दार्जिलिङकी स्थायी बासिन्दा हुन् । बाल्यकालदेखि नै अभिनय र मोडलिङमा रुचि राख्ने उनी काठमाडौंमा रहेर मोडलिङ र अभिनय क्षेत्रमा अघि बढिरहेकी छन् ।