अभिनेता अल्लु अर्जुनको घरमा तोडफोड

८ पुष २०८१ ५:१६

अभिनेता अल्लु अर्जुनको घरमा आइतबार केही व्यक्तिले आक्रमण गरेका छन् । यस हमलामा अल्लु अर्जुनको घर अगाडिको भाग, गमला र केही समानमा क्षति पुगेको हो ।

सामाजिक सञ्जालमा पोस्ट गरिएको अपुष्ट भिडियोमा उनको घर अगाडि केही व्यक्तिले नारा लगाएको देख्न सकिन्छ । भिडियोमा केही फुटेको गमला पनि देख्न सकिन्छ ।

बीबीसी तेलुगु सेवाका अनुसार अल्लु अर्जुनको घरमा आक्रमण गर्नेहरूले आफू उस्मानिया विश्वविद्यालयको संयुक्त कार्य समितिका सदस्य भएको दाबी गरेका छन्। प्रदर्शनकारीले अल्लु अर्जुनको फिल्म ‘पुष्पा–२ः द रुल’ को प्रदर्शनका क्रममा भागदौडमा एक महिलाको मृत्यु भएको घटनामा न्यायको माग गरिरहेको समाचार एजेन्सी पीटीआईले जनाएको छ ।

हालै एक थिएटरमा भागदौडका क्रममा एक महिलाको मृत्यु भएको आरोपमा अल्लु अर्जुनविरुद्ध पनि मुद्दा दर्ता भएको छ । यो मुद्दामा उनी जेल पनि परेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *