निर्देशक ज्ञानेन्द्र देउजाले सुपरहिट चलचित्र ‘झिँगेदाउ’को सिक्वेल निर्माण कार्य अघि बढाएका छन् । सोमबार संगीतकार अर्जुन पोखरेलले संगीत निर्माणको जिम्मेवारी दिँदै ‘झिँगेदाउ २’को प्रि-प्रोडक्सनको शुभारम्भ भएको जानकारी निर्देशक देउजाले दिए ।
कपनगढी सिनेमा प्रालीको व्यानरमा निर्माण हुने चलचित्रको निर्मातामा सुलभ प्रतिक देउजा र समीक्षा देउजा रहनेछन् । चलचित्रको सिक्वेलमा समेत अभिनेत्रीद्धय केकी अधिकार, आँचल शर्मा र अभिनेताद्धय मुकुन भुषाल, कुशल बिष्ट नै दोहोरिने निर्देशक देउजा जानकारी दिए । त्यसका अलवा एक अभिनेता र एक अभिनेत्री थप हुने समेत उनको भनाई छ ।
चलचित्रको पहिलो भागको अन्त्य जहाँ गरिएको थियो, सोही बिन्दुबाट चलचित्रको सिक्वेलको कथाको उठान गरिने निर्माता समेत रहेका निर्देशक देउजाले बताए । चलचित्र २०८२ सालभित्र नै प्रदर्शन गर्ने तयारी निर्माण टिमको छ ।
बैशाख दोस्रो हप्ताबाट फ्लोरमा निस्कने तयारीमा रहेको चलचित्रमा बिष्णु कल्पितको छायांकन, अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको द्धन्द्व निर्देशक र मित्र डि गुरुङको सम्पादन रहनेछ ।