‘पिताम्बर’को ‘म त फ्यान भए यार’ गीतमा प्रदीप र दिव्याको जोडी

२९ माघ २०८१ १४:३९

कृषा चौलागाईंको निर्देशन रहेको चलचित्र ‘पिताम्बर’को गीत सार्वजनिक गरिएको छ । निर्माणपक्षले मंगलबार यो चलचित्रको ‘म त फ्यान भए यार’ बोलको गीत सार्वजनिक गरेको हो ।

सार्वजनिक गीतमा आशिष अविरल र अस्मिता अधिकारीको स्वर, आनन्द अधिकारीको शब्द र आशिष अविरलको संगीत छ । गीतमा प्रदीप खड्का र दिव्या रायमाझीलाई देख्न सकिन्छ । गीतलाई कविराज गहतराजले कोरियोग्राफि गरेका छन् । प्रदीपलाई सम्भवत पहिलोपटक दर्शकले कोरससहित नृत्य गरेको देख्न पाउनेछन् ।

दरबारीया शैलीमा तयार पारिएको सेटका हरेक प्रोपर्टीलाई उत्कृष्ट ढंगले सजाइएको छ । कोरियोग्राफी, कोरस र कलाकारको प्रस्तुती हेर्दा यसको मेकिङ शैली अन्तर्राष्ट्रियस्तरको देख्न सकिन्छ । कलाकार र कोरसको पहिरनलाई सेटको थिम अनुसार प्रस्तुत गरिएको छ । यो चलचित्रका निर्माता विशाल चौलागाईं हुन् ।

सार्वजनिक गीतमा चलचित्रका कलाकारहरु प्रदीप र दिव्यासँगै प्रमोद अग्रहरि, सुपुष्पा भट्ट, दिव्य देव, बाल कलाकारद्वय आध्या लामिछाने र सुप्रोल बुढाथोकी (अनमोल)को अभिनय छ ।

केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्रमा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रविन्द्र भट्टराईको अभिनय छ ।

चलचित्रमा बाल कलाकारका रुपमा आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्या लामिछाने, आरोह चौलागाईं र सुप्रोल बुढाथोकी(अनमोल)ले समेत अभिनय गरेका छन् ।

चलचित्रमा पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह–निर्माता, सुमन गौतम कार्यकारी निर्माता, प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद, पुरुषोत्तम प्रधानको डीओपी, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायांकन, बन्दे प्रसादको सम्पादन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *