चैत्रको ८ गतेबाट रिलिजमा आउने चलचित्र ‘११ः५५’का पाँच कलाकारहरुको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ । यो चलचित्रको मुख्य ५ कलाकारहरु श्रृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ, एमएस अग्रज, सागर खनालको सार्वजनिक लुक्समा उनीहरुले निर्वाह गरेको भूमिका अनुसार नै प्रस्तुत गरिएको हो ।
केशव पाण्डेको लेखन तथा निर्देशन गरेको चलचित्रमा केशवसँगै एमसएस अग्रज र शेखर ज्ञवालीको लेखन छ । एमएस अग्रज यो चलचित्रका कार्यकारी निर्माता हुन् ।
क्राइम थ्रिलर जनरामा निर्माण गरिएको चलचित्रमा अल्मोडा राना उप्रेतीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, देव महर्जनको एक्सन, प्रद्युमन मिश्रको डीओपी, रामशरण उप्रेतीको सिनेमाटोग्राफी, पासाङ दावा शेर्पाको सम्पादन छ ।
बिचित्र फिल्मस् र गुड जब आर्टस्को व्यानरमा निर्माण भएको यो चलचित्रमा श्याम शर्मा र सरोजा शर्माको लगानी छ ।