निर्देशक सौरभ चौधरीको निर्देशन रहेको चलचित्र ‘कर्मा’को छायाकंन सम्पन्न भएको छ । मंसिरको अन्तिम साताबाट छायांकन सुरु भएको यो चलचित्रको करिब ५८ दिनमा सम्पूर्ण छायांकन पूरा भएको हो ।
चलचित्र ‘कर्मा’को प्रदर्शन मिति नयाँ वर्षको अवसर पारेर चैत्र २९ तय गरिएको छ । नेपालमा रिलिज हुने दिनमै यो चलचित्र विदेशमा पनि एकसाथ प्रदर्शन हुनेछ । ओभरसिज मार्केटमा सेभेन सिज सिनेमाले चलचित्र रिलिज गर्ने लागेको हो ।
एक्सन जनरामा निर्माण भएको यो चलचित्रमा विपीनको एक्सन अवतार हेर्न सकिन्छ । विपिनको यो पहिलो एक्सन चलचित्र हो । जसले दर्शकमा अझै कौतुहलता बढाएको छ ।
चलचित्रमा विपीनसँगै उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिव्यदेवलगायत कलाकारको अभिनय रहेको छ । मुकुन यो चलचित्रमा नेगेटिभ क्यारेक्टरमा छन् । चलचित्रको कथा निर्देशक चौधरी स्वयंले लेखेका हुन् ।
आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा वसन्त लम्सालको लगानी रहनेछ । निर्देशक चौधरीको ‘अगस्त्यः च्याप्टर १’ले दर्शक र समीक्षकको राम्रो प्रतिक्रिया पाएको थियो ।