‘यो मन त मेरो नेपाली हो’ असार २७ गतेबाट प्रदर्शनमा आउने

६ फागुन २०८१ ८:५२

अमेरिकामा रहेका साहित्यकार नर प्रधान ‘मित्र’को निर्देशनमा बनेको चलचित्र ‘यो मन त मेरो नेपाली हो’को प्रदर्शन मिति तय गरिएको छ । चलचित्रलाई आउँदो वर्षको असार २७ गतेबाट प्रदर्शन गरिने जानकारी निर्माणपक्षले गराएको हो ।

ज्ञान बहादुर प्रधान ‘रोशन’को निर्माणमा तयार भएको चलचित्रमा रोशन श्रेष्ठ, विजय बराल, विल्सन विक्रम राई, वुद्दि तामाङ, आयुष समाल, नारायण खाती, भूपेन्द्र लिङ्देन, सुवास भण्डारी, विजय सुब्बा, बिजिता बर्देवा, देवराज राजवन्शी लगायतको अभिनय छ ।

पद्यमा ईश्वर इन्टरटेन्मेन्ट प्रा.लि र नर प्रधानको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा विदेशमा रहेका नेपालीहरूको मुद्दालाई उठान गरिएको छ ।

शिवम् अधिकारीको लेखनमा तयार भएको यो चलचित्रमा विश्वका विभिन्न देशहरूमा बसोबास गर्दै आएका नेपालीहरूले आफ्नो कला, संस्कार, संस्कृति विर्सदै गएको हुँदा चलचित्रको माध्यमबाट भाषा प्रतिको आकर्षण, महत्व र इतिहास दर्साउन खोजिएको छ ।

चलचित्रमा विकास चौधरी र तोरम्पा हाङ राइको संगीत, सौरभ लामाको छायांकन, बनिश शाहको सम्पादन, देव महर्जनको एक्सन, कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी छ । चलचित्रलाई आरआर फिल्मस्ले वितरण गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *