कमेडीले भरिएको ‘फेरि रेशम फिलिली’को ट्रेलर

६ फागुन २०८१ १४:११

यही फागुनको १४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘फेरि रेशम फिलिली’को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रको प्रदर्शन मिती नजिकिदै गर्दा निर्माणपक्षले मंगलबार यो चलचित्रको ट्रेलल सार्वजनिक गरेको हो ।

निरोज महर्जनको निर्देशन रहेको यो चलचित्रको सार्वजनिक ट्रेलरमा कमेडी पाटोलाई प्रस्तुत गरिएको छ । चलचित्रको ट्रेलरमा अमेरिका जाने सपना बोकेको एक यूवकको कथालाई देखाइएको छ । ट्रेलरमा डीभीको पहिलो पत्र आइसकेको एक यूवकको अमेरिका जाने तयारी र उसको जीवनमा आइपर्ने विभिन्न खालका समस्यालाई देख्न सकिन्छ ।

निर्माता रौनक विक्रम कँडेलको निर्माण रहेको यो चलचित्रमा विनय श्रेष्ठ, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, नीर शाह, लक्ष्मी गिरी, प्रकाश घिमिरे, रविन्द्र झा, शिशिर वाङ्देल, महेश त्रिपाठी, मेक्सम गौडेल लगायतका कलाकारहरूको अभिनय छ ।

सिनेमा आर्ट प्रोडक्सनसँग भी मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको यो चलचित्र आजभन्दा १० वर्ष अगाडि प्रदर्शनमा आएको थियो । यसपटक पनि रमाइलो कथामा यो चलचित्र निर्माण गरिएको छ ।

सुरज बम ठकुरी कार्यकारी निर्माता र एनी थापा सह–निर्माताको रुपमा रहेको यो चलचित्रमा आकाश बरालको लेखन, सुशन प्रजापतिको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन, साहिल खानको ट्रेलर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *