‘पूर्णबहादुरको सारङ्गी’ यता नेपाली चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गर्न सकेका छैनन् । संख्यात्मक हिसाबले ठूलो संख्यामा चलचित्र रिलिज भइसके पनि व्यापारको हिसाबले बक्सअफिसमा उत्साह देखिएको छैन ।
जुनसुकै जनरा, कलाकार र निर्देशकका कलाकार आए पनि चलचित्र चलेनन् । प्रदीप खड्का, प्रियंका कार्की, ऋचा शर्मा, दयाहाङ राई, सौगात मल्ललगायत स्टारका चलचित्र रिलिज भए पनि सिनेमाले व्यापार राम्रो गर्न सकेनन् ।
मंसिर, पुस र माघको जाडोसँगै चलचित्रको बक्सअफिस चिसियो । गत वैशाखदेखि नेपाली चलचित्र नगरीमा देखिएको उत्साह सेलायो । सेलाएको यो उत्साह र ओरालो लागेको बक्स अफिसलाई अब कुन चलचित्रले तताउला ? यसै भन्न त सकिन्न किन भने चलचित्रको बिजनेस हो ।
तर, अहिलेसम्म बजारमा आएका कन्टेन जस्तै, टिजर र गीत हेर्दा र यसप्रति दर्शकले देखाएके चासो हेर्दा सुस्ताएको चलचित्रको बजारलाई पुरानै अवस्थामा ‘लाज शरणम्’ले फर्काउने सम्भावना छ । जाडो सँगै चिसिएको नेपाली चलचित्रको बजारलाई गर्मी सुरु भएसँगै आउने ‘लाज शरणम्’ कात्तिक अगाडिकै बजारमा फैल्याउने स्वयं लाज शरणम्को टिमको विश्वास छ ।
कुमार कट्टेलले निर्देशन गरेको यो चलचित्रमा धुर्मुस, विजय, अर्जुन, सागर, हरिष र प्रियाना आचार्य, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय छ ।
जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको चलचित्रमा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन् । फागुन १४ गते महाशिवरात्रीको दिन रिलिज हुने ‘लाज शरणम्’ यो वर्षकै प्रतीक्षितमध्येको चलचित्र हो ।