‘ताण्डवम्’को प्रदर्शन स्थगित

७ फागुन २०८१ १२:२३

आगामी फागुन ९ गते शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘ताण्डवम्’ रोकिएको छ । अत्याधिक हिंसात्मक दृश्य रहेकाले ती दृश्यलाई हटाएर ल्याउन भन्दै चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड)ले मंगलबार सेन्सर रोकेको हो ।

सेन्सर रोकिएसँगै आज बुधबारलाई निर्माण टिमले आयोजना गरेको प्रिमियर शो समेत स्थगित गरिएको छ ।

चलचित्र हेरेपछि सेन्सर बोर्डका सदस्यहरूले अत्याधिक हिंसात्मक दृश्य भएको भन्दै ती दृश्य काँटेर ल्याउन भनेको निर्देशक जुनिम गहतराजले जानकारी दिए ।

केही दृश्यहरु अत्याधिक हिंसात्मक भयो भन्दै सेन्सरमा रोकिएको छ । अब, ती दृश्यहरु काँटेपछि चलचित्रको जुन मर्म छ त्यो मर्छ । दृश्य काँटछाँट नगरी ‘एडल्ट सर्टिफिकेट’ दिनका लागि निर्माणपक्षले गरेको आग्रहलाई पनि सेन्सरमा अस्विकार गरिएको छ ।

निर्देशक जुनिम गहतराजले निर्देशन गरेको यो चलचित्रमा रहेको ६ मिनेट लामो हिंसात्मक दृश्यलाई ३ मिनेटमा घटाउन निर्देशन दिएको निर्माणपक्षले बताएको हो ।

एक नव विवाहित जोडी जो आफ्नो पहिलो सन्तानको स्वागतको तयारी गरिरहँदा उनीहरु जीवनमा घट्ने अकल्पनिय घटनाले निम्त्याउने उतारचढावको कथालाई पारिवारिक तथा एक्सन थ्रिलर जनरामा प्रस्तुत गरिएको छ ।

सिंहदेवी प्रोडक्सनले भिजुयल आर्ट्स स्टुडियोको सहकार्यमा निर्माण भएको चलचित्रका निर्माता धनकुमारी गहतराज, सविना मगर र मनिष गौतम हुन् ।

चलचित्रमा पुष्कर गुरुङ, प्रेम सुब्बा, जुनिम गहतराज, अंकित खड्का, सरिना मगर, अनोज पाण्डे, कमल कार्की र गोपाल कटुवालको अभिनय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *