एक्सन-थ्रीलर जनरामा निर्माण गरिएको चलचित्र ‘कामा’को ट्रेलर सार्वजनिक गरिएको छ । मार्च ७ बाट बेलायतमा २६० पर्दाबाट रिलिज हुने यो चलचित्रको ट्रेलर बिहीवार सार्वजनिक गरिएको हो ।
भीमसेन लामा निर्देशित यो चलचित्रले बदलाको लागि मान्छे कुन हदसम्म पुग्छ भन्ने कथा पेश गर्छ । विक्रम जोशी कार्यकारी निर्माता, हिराल जोशी निर्माता, एमजी अमीन र ईश्वर श्रेष्ठ सह निर्माता रहेको चलचित्रको कथा विशारद बस्नेतले लेखेका हुन् । पटकथा हिराल जोशी, विक्रम जोशी र लक्ष्मण सुवेदीले लेखेका हुन् ।
अन्तर्राष्ट्रिय बजारलाई लक्षित गरी निर्माण गरिएको यो चलचित्रले इटालीमा सम्पन्न मिलन विभिन्न अन्तर्राष्ट्रिय फेस्टिभलमा समेत पुरस्कार जितेको छ । यो चलचित्रलाई चाँडै अमेरिका, अस्ट्रेलिया, क्यानडासहित हिन्दीमा भारत र नेपाली भाषामा नेपालका हलमा प्रदर्शन हुने जनाइएको छ ।
चलचित्रमा म्याट वेक फोर्डनट, जेमिमा टोम्स, मिया बेनेट, साउथ इन्डियन अभिनेत्री पूजा गुप्ताका साथमा नेपाली अभिनेता टङ्क धमला मुख्य भूमिकामा छन् ।