कालजयी गीत ‘गाजलु ती ठुला ठुला आँखा’मा अञ्जना र शङ्कर

९ फागुन २०८१ ६:३४

कालजयी गीत ‘गाजलु ती ठुला ठुला आँखा’को नयाँ भिडियो सार्वजनिक भएको छ । उस्ताद गुलाम अलिको सुमधुर स्वरमा सजिएको यो गीतलाई म.वि.वि. शाह (स्वर्गीय राजा महेन्द्र वीरविक्रम शाह) ले रचना गरेका हुन् भने सङ्गीत दीपक जङ्गमले दिएका छन् ।

यो गीत पहिलो पटक २०४२ साल (सन् १९८५) मा रेकर्ड गरिएको थियो । उस्ताद गुलाम अलिले नेपाल भ्रमणका क्रममा चार वटा गीत रेकर्ड गरेका थिए, जसमा ‘गाजलु ती ठुला ठुला आँखा’ पनि समावेश थियो । तीन दिनको अवधिमा रेडियो नेपालको स्टुडियोमा यो गीत रेकर्ड गरिएको थियो ।

हालै, म्युजिक नेपालले क्रिएटिभ आवर प्रोडक्सन र ड्याड प्रोडक्सनको सहकार्यमा यस गीतको नयाँ भिडियो निर्माण गरी सार्वजनिक गरेको हो । यसको भिडियोमा शङ्कर श्रेष्ठ र अञ्जना बराइलीले अभिनय गरेका छन् । यसको भिडियोको अवधारणा तयार र निर्देशन सुब्रत आचार्यले गरेका हुन् भने छायांकन उत्सव दाहालले गरेका छन् । भिडियोको सम्पादन विकास दाहालले गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *