‘लाज शरणम्’को बुकिङ खुला, कस्तो गर्ला ओपनिङ ?

१३ फागुन २०८१ ४:४६

फागुन १४ गतेदेखि बुधबारबाट प्रदर्शनमा आउने चलचित्र ‘लाज शरणम्’को अग्रिम बुकिङ खुला भएको छ । कुमार कट्टेलले निर्देशन गरेको यो चलचित्रको सोमबारदेखि बुकिङ खुला गरिएको हो । चलचित्रले देशभरका मल्टिप्लेक्समा उत्साहजनक शो पाएको छ ।

देशकै ठूलो मल्टिप्लेक्स क्यूएफएक्स चेनमा ६५ शो पाएको छ । क्यूएफएक्सका काठमाडौं उपत्यकाका आउटलेटमा २९ र काठमाडौं उपत्यका बाहिर ३६ शो पाएको छ ।

विग मुभिजले ५, एफक्यूब सिनेमाजले ४, बीएसआरले ४ शो दिएका छन् । आईएनआई र वान सिनेमाजले शो बाँडफाँट गर्न बाँकी छ । हालसम्म शो खुलेका हलमा ‘लाज शरणम्’ले १०१ शो पाएको खल्ती एपबाट देखिएको छ ।

सिताराम कट्टेल (धुर्मुस)को मुख्य भूमिका रहेको यो चलचित्रमा विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय रहेको छ ।

जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको यो चलचित्रको निर्माता नवीन श्रेष्ठ हुन् भने राम नरेश शाह र सिर्जना खड्का सह–निर्माताका रूपमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *