काभ्रेको बल्थलीबाट ‘माग्ने राजा’को सुटिङ सुरु

१४ फागुन २०८१ ८:२४

केदार घिमिरे अर्थात् माग्नेबुढाको प्रमुख भूमिका रहेको चलचित्र ‘माग्ने राजा’को सुटिङ सुरु भएको छ । बुधबार भक्तपुरको सूर्यविनायकमा पूजा गरी आजैबाट काभ्रेको बल्थलीबाट यो चलचित्रको सुटिङ सुरु भएको हो।

यो चलचित्रमा केदार प्रमुख भूमिकामा छन् । केदार घिमिरेको लिड रोल रहेको यो नै पहिलो चलचित्र हो । चलचित्रमा आर्यन सिग्देल, वर्षा शिवाकोटी, विल्सनविक्रम राई, शिशिर बाङ्देलजस्ता कलाकारको अभिनय रहनेछ ।

चलचित्रका निर्देशक ऋषि लामिछाने र निर्माता मुनाल घिमिरे हुन् । चलचित्रमा पटकथा तथा संवाद सामीप्यराज तिमल्सिना र नरेन्द्र मैनालीको छायांकन रहेको छ।

एउटा गरिबको धनी बन्ने महत्वाकांक्षालाई समेटेर यो चल्लचित्रको कथा लेखिएको छ । चलचित्र आगामी तीजमा प्रदर्शन हुने निर्माता घिमिरेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *