निर्देशक सरोज पौडेलले निर्देशन गर्ने चलचित्र ‘कोशेढुंगा’को शुभमुहूर्त गरिएको छ । चलचित्रको महाशिवरात्रिकाे अवसर पारेर बुधबार शुभमुहूर्त गरिएको हो ।
निर्देशक, निर्माता, कलाकार र प्राविधिकको उपस्थितिमा च्यासलस्थित सेटमा मुहूर्त सटसँगै चलचित्रको छायांकन आजैबाट सुरु भएको निर्देशक पौडेलले जानकारी दिए ।
करिब एक हप्ता काठमाडौंमा छायांकन गरेपछि निर्माण युनिट बाँकी चलचित्रको सुटिङका लागि स्याङ्जा जानेछ । चलचित्रमा सुरक्षा पन्त, आर्यन सिक्देल, सरोज खनाल, विशाल पहाडी, शेखर चापागाईं, सिरु विष्ट, उद्वव सापकोटा, सन्ध्या राना, सविता रेग्मी, सविन कट्टेल, विकास खनाललगायत छन् । यो चलचित्रमा लिड रोलमा सुरक्षा पन्त रहने छिन् ।
निर्माणपक्षका अनुसार यो महिलाप्रधान चलचित्र हो । नरदेवी फिल्मसको प्रस्तुति रहेको चलचित्रमा प्रेविल कँडेल र किशोर अनुरागको निर्माताको रुपमा रहनेछन् । कार्यकारी निर्मातामा दिनेश खड्का रहनेछन् । बाबु श्रेष्ठको डीओपी रहने चलचित्र सुरेन्द्र पौडेलले सम्पादन गर्नेछन् । चलचित्रमा संगीत रिदम कँडेल र आषिश अविरलको रहनेछ । निर्माण पक्षका अनुसार यो चलचित्र २०८२ मा रिलिज हुनेछ ।