समीर भट्ट स्टारर चलचित्र ‘बलिदान’ आगामी दसैँको फूलपातीमा प्रदर्शन हुने भएको छ । अबको केही दिनमा यो चलचित्रको एक सामाग्री सार्वजनिक गर्दै प्रदर्शन मिती घोषणा गर्ने निर्माणपक्षको तयारी छ ।
यो चलचित्रमा अभिनेता समीर भट्ट सहित अभिनेत्री ऋचा शर्मा, अभिनेता सौगात मल्ल, अर्पण थापा, दिव्य देव, कामेश्वर चौरसिया लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
यो चलचित्रको ४ महिना लगाएर फागुन पहिलो सातामा सम्पूर्ण छायांकन सकिएको थियो । एक्सन र पलिटिकल ड्रामाको यो चलचित्रमा समीरको शीर्ष भूमिका हुनेछ ।
चलचित्र दसैँको फूलपातीमा आउने निश्चित गर्नुको पछि प्रशस्त भीएफएक्स लगायतका दृश्य सम्पादन र निर्माण गर्नुपर्ने र त्यसको लागि तयारी आवश्यक रहेको देखिन्छ । दक्षिण भारतीय स्टन्डर सामले एक्सन कोरियोग्राफी गरेको चलचित्रमा पवन ब्राडफोर्ड विष्ट निर्माता र प्रेम पुरी सह निर्मातामा छन् ।