‘वसन्त’को नयाँ गीत ‘बिना स्वादैको’

१८ फागुन २०८१ ४:५६

गायक तथा अभिनेता प्रकाश सपुतको निर्देशनमा रहेको चलचित्र ‘वसन्त’को गीत ‘बिना स्वादैको’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतको भिडियोमा मुख्य कलाकारद्धय प्रभात पाल ठकुरी, श्री शिभान्सी र गायक देवेन्द्र बब्लु र मुख्य सहायक निर्देशक सुनिल विक तथा कलाकार विशाल पहारी फिचर्ड छन् ।

गायक देवेन्द्र बब्लु (दि फिरन्ते)को स्वर तथा परिकल्पना रहेको गीत र संगीत गायक तथा निर्देशक प्रकाश सपुत र देवेन्द्र बब्लु अनि संगीत संयोजन योगेश काजी शाहको छ । हरर रोमान्टिक थिममा तयार पारिएको गीतको भिडियोले दर्शकमाझ कौतुहल्ता पैदा गर्ने देखिन्छ । एक जोडीको अन्तर जातिय प्रेम पश्चात परिवारले उनीहरुको मोहनी फुकाउन गर्ने विभिन्न घटनालाई देखाइएको छ ।

आगामी चैत्र २२ गते चैते दशैंमा प्रदर्शन हुने यो चलचित्रमा प्रकाश र स्वस्तिमासँगै प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

गलबन्दी प्रोडक्सनको प्रस्तुति रहेको यो चलचित्र सोसल ड्रामा हो । गायक तथा निर्देशक सपुतको जन्मथलो बागलुङ, काठमाडौं र तराईका विभिन्न ठाउँमा छायांकन गरिएको चलचित्रको कथा, पटकथा र संगीत सपुतकै रहेको छ ।

विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा प्रस्तुत गर्ने यो चलचित्रको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन् । चलचित्रलाई सुसन प्रजापतिले खिचेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *