दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाएको ‘आउटलः दफा २१९’को ट्रेलर

२० फागुन २०८१ १:०५

आउँदो फागुनको २९ गतेबाट प्रदर्शन हुने चलचित्र ‘आउटलः दफा २१९’ ट्रेलर अहिले भएसँगै चर्चामा छ । दर्शकको ध्यान खिच्न सफल यो चलचित्रको एक्सनलाई दर्शकले निकै मन पराएका छन् । जसले गर्दा अहिले ट्रेलरले गज्जबको हाइप क्रेट गरेको छ ।

विक्की महर्जनको निर्देशन रहेको यो चलचित्रको ट्रेलरलाई सामाजिक संजालमा आएका प्रतिक्रियाहरु र नायक सुशिल श्रेष्ठले दर्शकको ध्यान खिचेको प्रष्ट देखिन्छ । ४ वर्षपछि दर्शकमाझ आउँदै गरेका सुशीलको यसपटक, एङ्ग्री लुक्सलाई दर्शकले मन पराएका छन् । अधिकांश दर्शकले चलचित्रले हलिउड स्टाइल एक्सन र मेकिङ शैली अपनाएको भन्दै तारिफ गरेका छन् ।

सार्वजनिक भएको २ दिनमै ११ लाख भ्यूज बटुलेको चलचित्रले युट्युबमा उत्कृष्ट प्रतिक्रिया पाएको छ । यतिमात्र होइन, सुशिलका विभिन्न अन्तरवार्तामा पनि दर्शकले उनीप्रति अथाहा प्रेम देखाएको हेर्न सकिन्छ । ट्रेलरमा चलचित्रको मेकिङ, स्टाइल, सुशिलको एक्सन उत्कृष्ट देखिएको छ।

अमित अग्रहरिको लगानी रहेको यो चलचित्रलाई साहिल खानले सम्पादन गरेका हुन् भने चुल्ठे काजीको एक्सन कोरियोग्राफी छ । नेपालमा पछिल्लो समय एक्सन चलचित्रको लहर चलिरहेको बेला यो चलचित्रको ट्रेलर पनि दर्शकको केन्द्रविन्दु बनेर दर्शकको ध्यान तानिरहेको हो । चलचित्रमा सुशिलको साथमा नरेश पौडेल, शिक्षा संग्रौला लगायतका कलाकारहरुको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *