सस्पेन्सले भरिएको ‘११ः५५’को ट्रेलर

२२ फागुन २०८१ १२:२०

केशव पाण्डेको लेखन तथा निर्देशन रहेको चलचित्र ‘११ः५५’को ट्रेलर सार्वजनिक भएको छ । निर्माणपक्षले बिहीवार यो चलचित्रको गज्जबको ट्रेलर सार्वजनिक गरेको हो ।

आगामी चैत्रको ८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रको ट्रेलर निकै राम्रो छ । चलचित्रको ट्रेलरमा मेकिङ सहित सस्पेन्स पाटो पनि विशेष रुपमा प्रस्तुत गरिएको छ । त्यसो त यो चलचित्रको ट्रेलरमा प्रस्तुत गरिएअनुसार, यसका कलाकारहरूको काम पनि गज्जबको छ ।

विचित्र फिल्मस्को व्यानरमा गुड जब आर्ट्सको सहकार्यमा तयार भएको चलचित्रमा एमएस अग्रज, केशव पाण्डे र शेखर ज्ञवालीको लेखन, एमएस अग्रज कार्यकारी निर्माता, श्याम शर्मा र सरोज शर्माको लगानी, रामशरण उप्रेतीको छायांकन, प्रद्युम्न मिश्रको डीओपी, पासाङ दावा शेर्पाको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, देव महर्जनको एक्सन छ ।

निर्देशक केशव पाण्डेले हरेक १५–१५ मिनेटमा चलचित्रको नयाँ नयाँ कथा खुल्दै जाने बताए । त्यसैले पनि यो चलचित्रको ट्रेलरले दर्शकलाई उत्सुकता जगाउने अपेक्षा निर्माणपक्षको छ ।

चलचित्रमा श्रृष्टी श्रेष्ठ, महेश त्रिपाठी, करिश्मा श्रेष्ठ, सागर खनाल, एमएस अग्रज, वुद्दि तामाङ, विशाल पहारी लगायतका कलाकारहरुको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *