को हुन् ‘बलिदान’को ‘किरण’ पात्र ?

२३ फागुन २०८१ ११:१४

निर्देशक सन्तोष सेनले निर्देशन गरेको चलचित्र ‘बलिदान’को प्रमुख नारी पात्रमध्ये एक ‘किरण’ पात्रको लुक सार्वजनिक गरिएको छ । यस पात्रमा नव अभिनेत्री कविता रायले अभिनय गरेकी छन् । अडिसनबाट छानिएकि कविताको यो नै पहिलो चलचित्र हो ।

सार्वजनिक पोस्टरमा ‘किरण’ पात्र एक हिंसात्मक र सङ्घर्षपूर्ण अवस्थामा देखिन्छिन् । उनको अनुहार र हातमा रगत लागेको छ । हातमा बन्दुकको ब्यारेल समातेको देखिन्छ, जसले प्रतिरोध र बदला लिने भाव प्रकट गरेको छ । उनको एक आँखा मात्र स्पष्ट देखिने गरी फ्रेम गरिएको छ ।

सेन भन्छन्, ‘राज्यको मूलधारबाट किनारिएका वर्ग ‘भिल्ला’को बसोबास रहेको ‘भिल्लमगढ’मा महिलामाथि हुने सामाजिक उत्पीडन र तिनका कमजोरीको फाइदा उठाएर कुटिल नेताबाट ‘युज एन्ड थ्रो’ गरिने कथालाई आधार बनाएर निर्माण भइरहेको फिल्म बलिदानका लागि हामीलाई यस्तै परिवेशबाट आएको प्रतिनिधि पात्र ‘किरण’को चरित्रलाई सशक्त रुपमा जीवन्त बनाउने अभिनेत्रीको आवश्यकता थियो ।’

चलचित्रमा अभिनेता समीर भट्ट प्रमुख भूमिकामा छन् । साथमा सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा लगायतका कलाकारहरूको अभिनय रहेको छ । चलचित्र ‘आसुसेन फिल्म्स्‌ प्रा.ली.’ को प्रस्तुति हो । यसका निर्माता पवन ब्राडफोर्ड बिस्ट हुन् भने प्रेम पुरी कार्यकारी निर्माताको रूपमा संलग्न छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *