विक्की महर्जनले लेखन तथा निर्देशन गरेको चलचित्र ‘आउटलः दफा २१९’को ओएसटी सार्वजनिक गरिएको छ । ‘अन्धो कानुन’ बोलको गीतले नेता र सरकारमाथि आक्रोश पोखेको छ । कानुन अन्धो हुँदा देशमा नारीको अस्मिता कसरी लुटिएको छ भन्ने गीतमा आवाज बोलिएको छ ।
मिस्टर डीले तयार पारेको यो गीतमा उनकै र्याप र संगीत छ । नितु पुनले पनि गीतमा स्वर दिएकी छिन् । भिडियोमा दीर्घ धामीको कन्सेप्ट, सम्पादन र निर्देशन छ । सलिनाको कार्यकारी निर्देशन रहेको गीतको भिडियोमा सलिना सुनार र साजेश बलामी पनि निर्देशन टिममा छन् । राजेश कुटुको यसमा कोरियोग्राफी छ ।
फागुनको २९ गतेबाट रिलिजमा आउन लागेको यो चलचित्रको सार्वजनिक गीतलाई दर्शकले निकै मन पराएका छन् । चलचित्रको यो गीतले जनताको आवाज बोलेको भन्दै चलचित्रप्रति उत्साह अझै थपिएको दर्शकको प्रतिक्रिया छ । गीतमा एउटै व्यक्ति बारम्बार सरकारमा गएको, जनतामाथि अन्याय गरेको, बलात्कारीलाई संरक्षण गरेको लगायतका शब्द बुनिएको छ ।
अमित अग्रहरी र निशा गुइडेको लगानी, विक्की महर्जन र दीर्घ धामीको पटकथा रहेको चलचित्रमा विनोद कठायत कार्यकारी निर्माताको रुपमा छन् ।
चलचित्रमा सुशील श्रेष्ठ, नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डारी, हेममान गुरुङ, सोनी लागुन, विशाल पहारी, महेश त्रिपाठी, आयन परियारको अभिनय छ ।