माइकलको ‘राम नाम सत्य’मा विराज अनुबन्धित

२७ फागुन २०८१ ५:४९

म्युजिक भिडियो निर्देशन गर्दै आएका निर्देशक माइकल चन्दले निर्देशन गर्न लागेको नयाँ चलचित्र ‘राम नाम सत्य’ मा नायक विराज भट्ट विराजले अनुबन्धित भएका छन् । चलचित्र ‘१२ गाउँ २’को काम तत्कालका लागि पछि सार्दै उनी यो चलचित्रमा अनुबन्धित भएका हुन् ।

निर्देशक चन्द र नायक भट्टविच सोमबार कागजी संझौता भएको छ । ‘१२ गाउँ’ रिलिज भएपछि विराजको चर्चा र क्रेज फेरि एकपटक चुलिएको छ । उनलाई अहिले चलचित्रको अफरको लाइन लागेको छ ।

नायक भट्टले यो चलचित्रको कथावस्तु र पटकथा निकै मन परेपछि काम गर्न तयार भएको बताए । तर, विराजले होम प्रोडक्सनको चलचित्रको काम समेत रोकेर ‘राम नाम सत्य’ मा काम गर्न लागेका हुन् । चलचित्रलाई एक्सन, लभ स्टोरी, कमेडीको कथामा निर्माण गरिनेछ ।

आउँदो वर्षबाट छायांकन सुरु गर्ने यो चलचित्रमा निर्देशक चन्दकै कथा रहनेछ । चलचित्रमा अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, उत्तम गुरुङ, उपेन्द्र शाही र स्वेता विमलीको निर्माण, नरेन्द्र शाह र सन्तोष अर्याल कार्यकारी निर्माता हुन् ।

छ । निर्देशक चन्दले दर्शकले यो फिल्ममा केही फरक र विशेष गर्ने योजना लिएका कारण नै प्रि–प्रोडक्सनमा समय लगाएको बताए । नायक विराज भट्टले पनि यो फिल्ममा काम गर्न आफू उत्साहित रहेको बताएका छन् ।

फिल्मका लागि अन्य कलाकार एकपछि अर्को रुपमा जानकारी दिँदै जाने योजना निर्माणपक्षको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *