उपासनाको ‘कर्मा’ लुक्स कस्तो ?

२७ फागुन २०८१ १३:१०

चैत २९ गते नेपाल र विदेशमा एकसाथ प्रदर्शन हुने चलचित्र ‘कर्मा’को पोस्टर सार्वजनिक गरिएको छ । निर्माणपक्षले मंगलबार सार्वजनिक गरेको पोस्टरमा नायिका उपासना सिंह ठकुरी फिचर्ड छिन् ।

विपीन कार्कीको अपोजिटमा रहने उपासनाको लुक्सप्रतिको कौतुहलता मेटाउँदै निर्माणपक्षले क्यारेक्टर लुक्स सार्वजनिक गरेको छ । सार्वजनिक लुक्समा उनी सामान्य कुर्थासुरुवालमा देखिएकी छन् ।

मोर्डन युवतीभन्दा पनि उनी गाउँबाट सहर आएकी युवतीजस्तो देखिएकी छन् । तर, यसबारे निर्माणपक्षले केही खुलाएको छैन । पोस्टरमा उपासनाको क्यारेक्टरबाहेक अन्य खासै केही देखाइएको छैन ।

निर्देशक सौरभ चौधरीले निर्देशन गरेको यो चलचित्रको छायांकन दाङ र काठमाडौंमा गरिएको थियो । चलचित्रको कथा निर्देशक चौधरी स्वयंले लेखेका हुन् ।

एक्सन जनरामा निर्माण भएको ‘कर्मा’ विपीनको पहिलो एक्सन चलचित्र हो । चलचित्रमा विपीनसँगै उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिव्यदेवलगायत कलाकारको अभिनय रहेको छ । मुकुन यो चलचित्रमा नेगेटिभ क्यारेक्टरमा छन् । आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा वसन्त लम्सालको लगानी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *