‘आउटलः दफा २१९’को गीत ‘हामी यस्तै त होनी ब्रो’ रिलिज
४ चैत २०८१ १२:१९
फागुन २९ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘आउटलः दफा २१९’मा समावेश नयाँ गीत सार्वजनिक गरिएको छ । मंगलबार निर्माणपक्षले र्यापर भिटेनको स्वरमा समावेश ‘हामी यस्तै त होनी ब्रो’ बोलको गीत सार्वजनिक गरेको हो ।
चलचित्र प्रदर्शन गरिएको पाँच दिनपछि निर्माणपक्षले गीत सार्वजनिक गरेको हो । सार्वजनिक गीतमा यो चलचित्रका मुख्य कलाकारहरु सोनु लागुन, सुमन भण्डारी लगायतलाई प्रस्तुत गरिएको छ ।
यो गीतको भिडियोलाई डिस्कोमा खिचिएको छ । यो चलचित्रको निर्माणपक्षले भिटेनसँग यो गीतको अधिकार नै खरिद गरेर चलचित्रमा समावेश गरेको हो ।
विक्की महर्जनको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रमा अमित अग्रहरि र निशा गुइडेको लगानी छ । चलचित्रमा विक्की महर्जन र दिर्घ धामीको पटकथा छ । नविन गुरुङले खिचेको चलचित्रमा सुशील श्रेष्ठ, शिक्षा संग्रौला, नरेश पौडेल लगायतका कलाकारहरुको मुख्य भूमिका छ ।
चलचित्रले दर्शकहरुबाट सुखद प्रतिक्रिया पाइरहेको छ । जसकाकारण यो चलचित्रले प्रदर्शनको पाँचौ दिनमा पनि सुखद व्यापार गरिरहेको छ ।