महँगो रकममा ‘जेरीः अन टप’को विदेश अधिकार विक्री

६ चैत २०८१ ६:११

अनन्या फिल्मस् प्रा.लिको व्यानरमा निर्माण भइरहेको चलचित्र ‘जेरीः अन टप’को विदेश अधिकार विक्री भएको छ । छायांकनमै रहेको समयमा यो चलचित्रको विदेश अधिकार महँगो रकममा विक्री भएको हो । चलचित्रको अष्ट्रेलिया बाहेकको विदेश अधिकार लालीगुराँस एसोसिएसनले खरिद गरेको निर्माणपक्षले जनाएको छ ।

यो चलचित्र कति रकममा विदेश अधिकार विक्री भयो भन्ने खुलाएको छैन । तर, निर्माणपक्षले उच्च रकममा चलचित्रको अधिकार विक्री गरेको बताएको छ । चलचित्रको प्रदर्शन मिति भने अहिलेसम्म तय गरिएको छैन ।

सुयोग गुरुङले निर्देशन गरेको यो चलचित्रलाई सरोज न्यौपानेले निर्माण गरेको हो । चलचित्रमा अनमोल केसी, जसिता गुरुङ, आँचल शर्मा, केदार घिमिरे, भुवन केसी, उषा खड्गी लगायतका कलाकारहरूको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *