एक्सन अभिनेता निखिल उप्रेतीले ‘आचार्य’ मार्फत अभिनयमा कमब्याक गर्ने भएका छन् । यो चलचित्रलाई निखिल आँफैले निर्देशन गर्न लागेका हुन् । उनी ६ वर्षपछि चलचित्र क्षेत्रमा फर्किन लागेका हुन् ।
गत फागुनमा चलचित्र विकास बोर्डमा उनले चलचित्रको शीर्षक दर्ता गरेका हुन् । आचार्य उनको दोस्रो निर्देशन हो । उनको पहिलो निर्देशन रहेको चलचित्र ‘भैरव’ हो । जुन, २०१५ मा प्रदर्शन भएको थियो ।
यो चलचित्रमा निखिल र सञ्चिता जोडीको रुपमा रहनेछन् । विवाहअघि उनीहरुले ‘दाग’, ‘माया त माया हो’, ‘विजयपथ’, ‘सम्झना’ लगायतका चलचित्रमा एकसाथ सहकार्य गरेका थिए । चलचित्रमा अरु कलाकारहरुको नाम भने अहिले नै खुलाईएको छैन् ।
बुझिएअनुसार, यो चलचित्रको छायांकन आगामी जेठबाट महिनाबाट सुरु हुनेछ। यो चलचित्र सुपरहिरो पात्रमा आधारित रहने जनाइएको छ । यसअघि ‘आचार्य’ शीर्षकमा गायक भक्तराज आचार्यको बायोपिक चलचित्र निर्माण भएको थियो ।