अनमोल र आँचललाई ‘जेरी गल्ली’मा भव्य स्वागत

७ चैत २०८१ ६:४१

सुयोग गुरुङको निर्देशन रहेको चलचित्र ‘जेरीः अन टप’का नायक अनमोल केसी र नायिका आँचल शर्मालाई मुस्ताङको मार्फा गाउँका स्थानीय वासिन्दाहरुले भव्य स्वागत गरेका छन् । अनमोल र आँचल यो चलचित्रको एउटा गीतको छायांकनका क्रममा मार्फा गाउँ पुगेका थिए ।

यो चलचित्रको सम्पूर्ण छायांकन सकिएको भएपनी गीएतको छायांकन बाँकी नै थियो । सोही छायांकनका क्रममा त्यहाका स्थानीयहरूले बाजा बजाएर अनमोल र आँचललाई स्वागत गरेका थिए भने त्यहाका परम्परा अनुसार उनीहरुलाई उपहार समेत प्रदान गरेका थिए ।

आजभन्दा १० वर्ष अगाडि ‘जेरी’को छायांकनका लागि अनमोल त्यहा पुग्दा पनि उस्तै माया पाएको भन्दै यसपटक पनि पहिलेको जस्तै माया पाएको उनको भनाइ छ ।

निर्माता सरोज न्यौपानेको निर्माणमा तयार भइरहेको यो चलचित्रको प्रदर्शन मिति भने तय गरिएको छैन । चलचित्रमा अनमोल र आँचलको साथमा जसिता गुरुङ, भुवन केसी, केदार घिमिरे, उषा खड्गी लगायतका कलाकारहरुको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *