कस्तो लाग्यो ‘भाइरल गोर्खे’को टिजर ?

८ चैत २०८१ १४:०९

आउँदो वर्षको जेठ ३० गतेबाट प्रदर्शन हुने चलचित्र ‘भाईरल गोर्खे’को टिजर सार्वजनिक भएको छ । २ मिनेट ८ सकेण्ड लामो टिजरले यो चलचित्रको कथावस्तुका कारेमा प्रकाश पारेको छ ।

नेपालमा सामाजिक सञ्जालको प्रयोग र प्रभाव बढ्दै जाँदा भाईरल हुन जे पनि गर्ने प्रवृत्ति पछिल्लो समय बढ्दो क्रममा छ । भाईरलका पछाडि लाग्दाको प्रभाव र असरको परिणाम टिजरमा प्रस्तुत गरिएको छ ।

टिजरमा गोपाल पाँडे पात्रको भाईरल हुन गरेका विभिन्न हर्कत र भाईरल भैसकेपछि लाइभ बसेर फ्यानसँग साक्षात्कार र पत्रकार ऋषि धमालसँगको अर्न्तवार्ताको दृश्यले दर्शकको मन जित्ने देखिन्छ ।

द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको व्यानरमा निर्माण भएको यो चलचित्रमा सौगात मल्ल र सृष्टि श्रेष्ठ, बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमलाको अभिनय रहेको छ । विशाल ताम्राकार, महेश लामिछाने र केवल जंग कुँवर निर्माता रहेको चलचित्रमा सह-निर्माता भुवन अधिकारी र निखिल पौडेल हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *