प्रकाश र स्वस्तिमाको ‘वसन्त’को ट्रेलरमा जातीय विभेद र विद्रोहको कथा

९ चैत २०८१ ५:४६

आगामी चैत्रको २२ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘वसन्त’को ट्रेलर सार्वजनिक भएको छ । ४ मिनेट लामो यो चलचित्रको ट्रेलरलाई निर्माणपक्षले शनिबार सार्वजनिक गरेको हो ।

प्रकाश सपुतको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रले ट्रेलरले जातीय विभेद र त्यसले निम्त्याउने विद्रोहको कथा प्रस्तुत गरेको देखिन्छ । ट्रेलर हेर्दा यो चलचित्रले समाजमा केही प्रभाव पार्न सक्ने अनुमान गरिएको छ ।

चलचित्रमा प्रकाश सपुत, स्वस्तिमा खड्का, खड्ग बहादुर पुन, प्रभात पाल ठकुरी, श्री श्रीभान्सी, अनुप बराल, प्रकाश घिमिरे, कमलमणि नेपाल, माओत्से गुरुङ, सिरु बिष्ट, भोला सापकोटा, विशाल पहारी लगायतका कलाकारहरुको अभिनय छ ।

मोहन विक र विन्दु बोहरा निर्माता रहेको चलचित्रमा विरेन्द्र नारायण श्रेष्ठ, अनुरोध भट्टराई र न्यान्सी शेरचन कार्यकारी निर्माताको रुपमा छन् ।

प्रविन भट्टको सम्पादन रहेको यो चलचित्रमा सुशन प्रजापतिको डीओपी छ । चलचित्रको ट्रेलर लामो भएका कारण मध्य भागसम्म दर्शकलाई खासै छुदैन । तर, मध्य भागबाट यो ट्रेलरले गती समातेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *