मुभी पार्टनरको रुपमा ‘नेपाल सुपर लिग’सँग जोडियो ‘पिताम्बर’

११ चैत २०८१ ६:०८

आगामी चैत २९ गतेबाट रिलिज हुने बहुप्रतिक्षित चलचित्र ‘पिताम्बर’ नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करणसँग जोडिएको छ । नेपाल स्पोर्टस् एण्ड इभेन्ट मेनेजमेन्ट (एनएसएम)ले आयोजना गर्दै आएको सुपरलिगमा चलचित्र ‘पिताम्बर’ मुभी पार्टनरका रुपमा जोडिएको हो ।

नेपाल सुपर लिग यही चैत १६ गतेबाट काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुँदैछ । चलचित्रकी निर्देशक कृषा चौलागाईंले देशको प्रतिष्ठित फूटबल प्रतियोगितामा मुभी पार्टनरका रुपमा जोडिन पाउँदा खुशी लागेको बताइन् । ‘दर्शकका लागि नेपालमा खेलकुद र चलचित्र अभिन्न अंग बनेका छन् । खेलकुदका माध्यमबाट पनि फिल्मको प्रचारप्रसारमा सघाउ पुग्नेमा हामी ढुक्क छौं’, उनले भनिन् ।

केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मसको व्यानरमा निर्माण भएको चलचित्रमा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रविन्द्र भट्टराईको अभिनय छ ।

चलचित्रमा बाल कलाकारका रुपमा आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्य लामिछाने, आरोह चौलागाईं र सुप्रोल बुढाथोकी (अनमोल)ले समेत अभिनय गरेका छन् ।

चलचित्रमा विशाल चौलागाईं निर्माता, पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह–निर्माता, सुमन गौतम कार्यकारी निर्माता छन् । फिल्ममा प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद, पुरुषोत्तम प्रधानको डीओपी, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायांकन, बन्दे प्रसादको सम्पादन, आशीष अविरल र बाबुल गिरीको संगीत, हिमाल केसीको द्वन्द्व छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *