सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण हुन लागेको चलचित्र ‘अभिमन्यू’मा नायिका गौमाया गुरुङ अनुबन्धित भएकी छिन् । यो चलचित्रका निर्माता विनोद पौडेलले गौमायालाई अनुबन्धित गरेका हुन् ।
चक्रव्यूह र पैसाबिचको संघर्षको कथा भने यो चलचित्रले पैसाको लोभमा चक्रव्यूमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने पात्रको कथा भन्नेछ । यो चलचित्रको पहिलो कलाकारको रुपमा निर्माणपक्षले गौमायालाई अनुबन्धित गरेको हो । गौमाया अभिनित पछिल्लो चलचित्र ‘राजागंज’ हो ।
चलचित्रलाई सुशान्त गौतमले निर्देशन गर्दैछन् । आउँदो वर्षको भदौ २७ गतेबाट रिलिज गर्ने घोषणा गरिएको चलचित्रलाई विश्वभर नेपाली र हिन्दी भाषामा रिलिज गरिने छ ।
मुकेश खनालको लेखन रहेको चलचित्रमा शरद महत्तोको डीओपी, विनोद पौडेल र गुन्जन गिरीको लगानी, रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माताको रुपमा रहेका छन् ।