‘जन्ते बाख्रो’को प्रदर्शन घोषणा, जेठ २३ मा आउने

१३ चैत २०८१ ५:२७

सिमोस सुनुवारको निर्देशनमा बनेको चलचित्र ‘जन्ते बाख्रो’ को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सोही पोस्टरमार्फत् चलचित्रको प्रदर्शन मिति पनि घोषणा गरेको छ। जसअनुसार यो चलचित्र आगामी जेठ २३ गतेबाट प्रदर्शन हुनेछ ।

अभिनेता सौगात मल्ल, आशिफ शाह र अभिनेत्री गरिमा शर्माको प्रमुख भूमिका रहेको यो चलचित्रको सार्वजनिक पोस्टरमा हिमाली क्षेत्रको पृष्ठभूमिमा आशिफ र गरिमा लाई रोमान्टिक अवतारमा देखाइएको छ, भने सौगात मल्ल उनीहरूलाई निराश मुद्रामा हेरिरहेका छन् । उनीहरूकै बीचमा चस्मा लगाएको एउटा बाख्रो समेत देखिन्छ । निर्माण टिमका अनुसार ‘जन्ते बाख्रो’ शीर्षक विवाहका अवसरमा जन्तीलाई खुवाइने विशेष भोजलाई संकेत गर्छ, र चलचित्रको कथा यसैको वरिपरि घुमेको छ ।

मुईन इन्टरटेनमेन्टको प्रस्तुति रहेको चलचित्रमा सौगात, आशिफ र गरिमासँगै रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

सामाजिक कमेडी कथावस्तुमा आधारित यो चलचित्रमा प्रदीप भारद्धाजले कथा, पटकथा र संवाद, सन्तोष गौतमको निर्माण, डीओपी हरि हुँमागाई, सिनेमाटोग्राफर उत्तम हुँमागाई, सम्पादक सुनिल शिवभक्तिको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *