अहिलेका सर्वाधिक चर्चित गायक दुर्गेश थापाले चलचित्र ‘कर्मा’का लागि गीत गाएका छन् । सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको चलचित्रको लागि उनले केही दिनअगाडि दुर्गेशले गीत रेकर्ड गराएका हुन्।
यो चलचित्रका लागि दुर्गेशले गायको गीतको आइतबार भिडियो समेत छायांकन भएको छ । दुर्गेशकले गाएको गीतमा चलचित्रका मुख्य कलाकार विपीन कार्की, उपासनासिंह ठकुरी, मुकुन भुसाललगायतको अभिनय देखिनेछ । निर्माणपक्षका अनुसार केही दिनमा उक्त गीत सार्वजनिक हुनेछ ।
आगामी चैत २९ गते नेपाल र विदेशमा एकसाथ प्रदर्शन हुने यो चलचित्रका निर्माणपक्षले आज साँझ गायक सुशान्त केसीको आवाजमा रहेको ‘पागल पागल जस्तै’ बोलको गीत सार्वजनिक गर्दैछ ।
एक्सन जनरामा निर्माण भएको यो चलचित्रमा विपीन र उपासनासँगै मुकुन भुसाल, दिब्यदेब, सरिता गिरी, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालगायतको अभिनय रहेको छ ।
आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति र वसन्त लम्सालको लगानी रहेको चलचित्रमा भाष्कर स्वाँरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन छ ।