राजेश हमालको ‘नरसिंहाः अवतार’ जेठ ९ मा आउने

१७ चैत २०८१ १०:५९

निर्देशक दिवाकर भट्टराइको लेखन तथा निर्देशन रहेको चलचित्र ‘नरसिंहाः अवतार’को पहिलो पोस्टर सार्वजनिक गरिएको छ । निर्माणपक्षले सोमबार एक कार्यक्रमको आयोजना गर्दै यो चलचित्रको पहिलो पोस्टरसंगै प्रदर्शन मिति समेत घोषणा गरेको हो।

अब, यो चलचित्र आगामी जेठ ९ गतेबाट प्रदर्शनमा आउने भएको छ । यसअघि यो चलचित्रलाई चैत २९ गते प्रदर्शन गर्ने तयारीमा निर्माणपक्ष थियो। तर, चैत २९ गतेबाट ब्याक हटेको यो चलचित्र जेठ ९ गतेबाट प्रदर्शनमा आउने भएको हो।

यो चलचित्रको सार्वजनिक पोस्टरमा नायक राजेश हमाल फ़िचर्ड छन् । भूइँमा घाइते भएर लडेका एक व्यक्तिको छातीमाथि खुट्टा राखेर उभिएका उनको अनुहारमा क्रोध देख्न सकिन्छ । त्यस्तै, पोस्टरमा भूइँभरि घाइते भएर ढलेका मानिसहरु छन् भने पृष्ठभूमिमा भगवान् विष्णुको चौंथो र उग्र अवतार मानिने नरसिंहाको तस्वीर राखिएको छ । यो चलचित्रको पोस्टर हेर्दा चलचित्र पूर्ण एक्सनप्रधान रहेको प्रष्ट हुन्छ ।

आठ वर्षपछि नायक हमाल यो चलचित्रबाट कमब्याक गर्दैछन् । यसैले, उनको कमव्याक कस्तो होला भने कौतुहलता दर्शकमा छ । हमालले पनि यो चलचित्रलाई महत्वकांक्षी प्रोजेक्टको रुपमा हेरेका छन् । संभवत नेपाली चलचित्रको इतिहासमा नै सबैभन्दा लामो पोस्टर कार्यक्रममा सार्वजनिक गरिएको थियो । कार्यक्रममा नायक हमालले आफूले ३ सय बढी चलचित्रमा काम गरेको तर यति ठूलो पोस्टर हालसम्म नदेखेको बताए ।

चलचित्रमा राजेश हमालको साथमा सरोज खनाल, नीर शाह, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, उषा खड्गी, अर्जुन श्रेष्ठ, प्रशान्त ताम्राकार, रमेश चन्द सोडारी, प्रकाश कुँवर, राजिभ जंग बस्नेत, दीपा शाही, प्रभु श्रेष्ठ, अमित गिरी, एभेलिना खड्का, समाइरा थापा, आशा पौडेल लगायतका कलाकाररुको अभिनय छ।

राजु विक्रम थापाले खिचेको चलचित्रमा कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी, चन्द्र पन्तको एक्सन, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन, शम्भुजित बास्कोटा र अर्जुन पोखरेलको संगीत छ ।

दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र धु्रव न्यौपानेको लगानी रहेको चलचित्रमा क्रियटिभ सिने आर्टस्का लागि निर्माता नेम महर्जन रहेका छन् । करण सिंह प्रोडक्सन डिजाइनर रहेको चलचित्रका एसोसियट निर्देशक वसन्त अधिकारी हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *