यहि चैत २९ गते रिलिज देश तथा विदेशमा एकसाथ प्रदर्शन हुने चलचित्र ‘कर्मा’को टाइटल गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा दुर्गेश थापाको स्वर, शब्द तथा संगीत छ ।
गीतको भिडियोमा चलचित्रका मुख्य विपीन कार्की, मुकुन भुसाल, उपासना सिंह ठकुरीलगायत रहेका छन् । दुर्गेश स्वयंले पनि भिडियोमा राम्रो समय अकुपाइ गरेका छन् ।
एक्सन जनरामा निर्माण गरिएको चलचित्रमा नायक विपिन कार्की शीर्ष भूमिकामा छन् । विपिनलाई एक्सन अवतारमा उतारेर सौरभले पैसा र पावरको कथा फिल्ममा प्रस्तुत गरेका छन् ।
यो चलचित्रमा विपीन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल, सरिता गिरी, दिब्यदेब, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालगायतको अभिनय रहेको छ ।
निर्देशक सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको यस चलचित्रमा बसन्त लम्सालको निर्माण, भाष्कर स्वाँरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन छ ।