३६ दिनमा दया र विजयको ‘वरिष्ठ बलराम’ इन्डक्ल्याप

२६ चैत २०८१ ५:१६

नायक दयाहाङ राई र विजय बरालको प्रमुख भूमिका रहेको चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको यो चलचित्रको ३६ दिनमा सुटिङ सकिएको हो ।

सुरेन्द्र पौडेल निर्देशित यो चलचित्र सामाजिक कथावस्तुमा आधारित छ। ‘हामीले अपेक्षा गरेजस्तै चलचित्रको छायांकन गर्न सफल भएका छौँ । कथाले मागेको लोकेसनमा चाहे जसरी छायांकन गरेका छौँ,’ निर्देशक पौडेलले भने, ‘अब पोस्टप्रोडक्सनमा पनि मेहनत गर्नेछौँ र दर्शकले चाहेजस्तै चलचित्र निकाल्नेछौँ ।’

कात्तिक ३ गते लक्ष्मी पूजाका दिन प्रदर्शन मिति तय गरेको यो चलचित्रमा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, गौमाया गुरुङ, पशुपति राई, माओत्से गुरुङ, प्रदीप चौधरी, रामबाबु रेग्मीलगायत कलाकारको अभिनय रहेको छ ।

निर्देशक पौडेलकै कथा र सम्पादन रयो चलचित्रको कथा महेश दवाडीले लेखेका छन् । चलचित्रमा आशिस एच तामाङ र श्रीराज कार्की निर्माता, मानकृष्ण महर्जनको डिओपी, प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको द्वन्द्व निर्देशन, प्रदीप लामाको कोरियोग्राफी रहेको छ ।

‘वरिष्ठ बलराम’ निर्माण वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्यमा निर्माण भएको हो । यो चलचित्रलाई काठामाडौं उपत्यकामा डिसिएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रीव्युसनले वितरण गर्ने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *