‘पिताम्बर र कर्मा’को टिकट खुला

२६ चैत २०८१ ५:३८

भोलि शुक्रबारबाट प्रदर्शन हुने चलचित्र ‘पिताम्बर र कर्मा’को टिकट खुला भएको छ । क्यूएफएक्स चेन, बीग मुभिज, एफक्यूब सिनेमा, आइएनआई लगायतका हलहरुले वुकिङ खुलाएका हुन् ।

कृषा चौलागाइको निर्देशनमा तयार भएको चलचित्र ‘पिताम्बर’लाई क्यूएफएक्स चेनले उपत्यकामा २५ शोज दिएको छ भने शोज अझै बढ्ने देखिन्छ । यता, एफक्यूबले ७ शोज दिएको र बीग मुभिजले ६ शोज दिएको छ । आइएनआई लोत्से मलमा ४ शोज, आई एनआई नयाँ बाँनेश्वरमा ४ शोज र वीएसआर मुभिजले ४ शोज नै दिएको छ ।

चलचित्रको शोज थुप्रै हलमा खुल्न बाँकी रहेकोले पनि यो चलचित्रको शोज उच्च हुने देखिएको छ । चलचित्रमा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, प्रमोद अग्रहरी, अनुप विक्रम शाही, दिव्य देव, गौरव बिष्ट, सुरक्षा पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी लगायतका कलाकारहरुको अभिनय छ ।

यता सौरभ चौधरीको निर्देशनमा तयार भएको ‘कर्मा’ले पनि शोज सुखद पाएको छ । यो चलचित्रलाई क्यूएफएक्स चेनले उपत्यकामा यो समाचार तयार पार्दासम्म १७ शोज उपलब्ध गराएको छ । यो शोजमा अझै केही संख्या वृद्धि हुने देखिन्छ ।

बीग मुभिजले ४ शोज, एफक्यूबले ५ शोज, आइएन आइ लोत्सेले ३ शोज, आइएनआई नयाँ बाँनेश्वर ३ शोज, बीएसआर मुभिजले ३ शोज दिएका छन् । अन्य केही हलमा अझै शो खुल्न बाँकी छ । जसकाकारण, ‘कर्मा’ले पनि शोज सुखद पाउने देखिएको छ ।

एक्सन जनरामा निर्माण भएको यो चलचित्रमा विपिन कार्की, मुकुन भुसाल, उपासना सिंह ठकुरी, दिव्य देव, बेन बस्नेत लगायतका कलाकारहरुको अभिनय रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *