प्रदर्शनरत फिल्म ‘वसन्त’को गीत ‘मोटर’ रिलिज

२७ चैत २०८१ ५:३२

गायक तथा अभिनेता प्रकाश सपुत निर्देशित चलचित्र ‘वसन्त’ देश तथा विदेशमा एक साथ प्रदर्शन भैरहेको छ । यसैबीच, यो चलचित्रमा समावेश गीत ‘मोटर’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतलाई चलचित्रमा कथा वाचनको रुपमा प्रस्तुत गरिएको छ ।

मंगलबार सार्वजनिक गीतमा कलाकार प्रकाश सपुत र खड्क बहादुर पुन (खबपु) फिचर्ड छन् । यो गीतमा गायक सपुकै स्वर, शब्द रचना तथा कम्पोज अनि योगश काजी शाहको एरेञ्ज रहेको छ ।

सोमबार कमलपोखरी स्थित सिटी सेन्टरमा अवस्थित बिग मुभिजमा स्पेशल स्क्रिनिङको समेत आयोजना गरेको थियो । जहाँ अभिनेत्री केकी अधिकारी, निर्देशक नवल नेपाल, निर्माता छविराज ओझा, अभिनेता पृथ्वीराज प्रसाई, नृत्य निर्देशक शंकर बिसी, गायक तथा संगीतकार खेम सेञ्चुरी लगायतले चलचित्र हेरेका थिए । चलचित्र हेरिसकेपछि अधिकांशले निर्देशक तथा अभिनेता प्रकाश सपुतको कथा भन्ने शैली र समाजको यतार्थ चित्रण गरेको भन्दै तारिफ गरे।

अभिनेत्री केकी अधिकारीले मिडियाको कुराकानीमा हामी अहिले जुन समाजमा छौं, त्यहाँ अहिले पनि विभिन्न किसिमका विभेदहरु व्याप्त रहेको बताइन् । ‘समयले धेरै कोल्टे फेरि सक्यो । हामीले धेरै चिज देखी सक्यौं । अहिले पनि परिवर्तनका कुरा गर्दै गर्दा खेरी अझै पनि यो चिज चाहीँ वर्गिय हिसावले होस्, जातिय हिसावले होस्, अन्य अरु हिसावले नै किन नहोस् यस्ता खालका विभेद समाजमा व्याप्त छन् । वसन्तमा एउटा सानो केमियो गर्न पाएकोमा खुशी छु,’ उनले भनिन् ‘प्रकाश सपुत जीका हरेक सिर्जनामा समाजका कथा देख्न पाइन्छ । यसमा पनि त्यही कुरा हेर्न पाउँदा खुशी लाग्यो ।

गत चैत्र २२ गतेबाट प्रदर्शन भएको यो चलचित्रमा प्रकास सपुत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहारीको अभिनय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *