असोज ३१ मा ‘जेरीः अन टप’को प्रदर्शन घोषणा

३० चैत २०८१ ५:१२

सुयोग गुरुङको निर्देशनमा तयार भएको चलचित्र ‘जेरीः अन टप’को प्रदर्शन मिति तय गरिएको छ । वितरकहरुसँगको सल्लाहमा प्रदर्शन मिति तय गरिएको यो चलचित्र असोजको ३१ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको हो।

छायांकन सकिएको केही दिनपछि यसको प्रदर्शन मिति घोषणा गरिएको हो। निर्माता सरोज न्यौपानेले तिहारलाई लक्षित गर्दै असोज ३१ लाई प्रदर्शन घोषणा गरिएको बताए।

विदेश अधिकार समेत विक्री भइसकेको यो चलचित्र ६ करोड बजेटमा निर्माण भएको निर्माणपक्षको दाबि छ। चलचित्रलाई सगरमाथा बेसक्याम्प, काठमाडौं, मुस्ताङ लगायतका ठाउँमा खिचिएको र केही दृश्य काठमाडौंमा तयार पारिएको भव्य सेटमा खिचिएको हो ।

चलचित्रमा अनमोल केसी, जसिता गुरुङ, आँचल शर्मा, केदार घिमिरे, भुवन केसी, उषा खड्गी लगायतका कलाकारहरुको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *