‘कोशेढुंगा’बाट दर्शक निराश हुने छैनन्: निर्माता खड्का

१ वैशाख २०८२ ३:५६

निर्देशक सरोज पौडेल निर्देशित चलचित्र ‘कोशेढुंगा’ कस्तो बन्ला भन्ने चासो चलचित्रकर्मीदेखि दर्शकसम्मलाई छ । दर्शकमा रहेको अपेक्षा पूरा गर्ने ‘कोशेढुंगा’का कार्यकारी निर्माता दिनेश खड्काले बताए । चलचित्रको कथा र छायांकनमा भइरहेको मेहनतले दर्शक निराश नहुनेमा आफू ढुक्क रहेको उनको भनाइ छ ।

“अहिले जुन हिसाबले काम भइरहेको छ यसबाट हामीले सोचेभन्दा राम्रो भइरहेको छ । अहिलेसम्मको काम हेर्दा आउटपुट पनि राम्रो आउनेमा हामी टुक्क छौँ,” खड्काले भने, “चलचित्रको अनलाइन सम्पादनको काम सेट मै भइरहेको छ, जसमा सबै कलाकार र प्रविधिकहरुको मेहेनत देख्दा दर्शकलाई केही खास हुनेछ भन्ने हामी सेटबाटै भन्न सक्छौँ ।”

निर्माण घोषणादेखि नै दर्शकमाझ उत्सुकता र अपेक्षा दुवै बढाएको यो चलचित्रको छायांकन स्याङ्जाका विभिन्न स्थानमा पछिल्लो एक महिनादेखि भइरहको छ । च्यासलस्थित सेटमा करिब एक हप्ता छायांकन गरेर बाँकी छायांकनका लागि निर्माण टिम स्याङ्जा गएको थियो ।कार्यकारी निर्माता खड्काका अनुसार अबको एक सातामा सम्पूर्ण छायांकन सकिनेछ ।

नरदेवी फिल्मसको प्रस्तुति रहेको चलचित्रमा अभिनेत्री सुरक्षा पन्त, आर्यन सिक्देल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, लोकमणि सापकोटा, हिउवाला गौतम, सिर्जना अधिकारी, शेखर चापागाई, दिनेश काफ्ले, सिरु विष्ट, स्नेहा जोशी, सुबलमणि सापकोटा, सविता रेग्मीलगायतको अभिनय छ ।

चलचित्रको निर्मातामा प्रेविल कँडेल र किशोर अनुराग, कार्यकारी निर्माता दिनेश खड्का, बाबु श्रेष्ठको छायांकन र सुरेन्द्र पौडेलको सम्पादन रहनेछ।

वि.सं. २०८२ मा प्रदर्शन गर्ने लक्ष्य राखेको यस चलचित्रको गीतमा रिदम कँडेल र आशिष अविरलको संगीत रहने छ । कास्टिङ डिरेक्टर सुवलमणि सापकोटा हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *