‘नरसिंहाः अवतार’को ‘अच्छा लेकिन लण्डनको’ गीत सार्वजनिक

३ वैशाख २०८२ ११:१०

चलचित्र ‘दैव संजोग’मा समावेश गरिएको ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’ बोलको गीत रिक्रियट गरिएको छ ।
जेठको ९ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘नरसिंहाः अवतार’मा यो गीत समावेश गरिएको हो । आज, काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा यो गीत सार्वजनिक गरियो ।

यो गीतको ओर्जिनल भर्सनमा गायक शम्भुजित बास्कोटा र गायिका देविका बन्दनाको स्वर थियो । रिक्रियट भर्सनमा शम्भुजित र गायिका रचना रिमालले स्वर दिएका छन् । गीतमा शम्भुजितकै शब्द तथा संगीत छ ।

कविराज गहतराजले कोरियोग्राफी गरेको यो गीतको भिडियोलाई राजु विक्रम थापाले खिचेका हुन् । गीतको भिडियोको सम्पादन साहिल खानले गरेका हुन् ।

यो गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरु राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, सरोज खनाल, दीपा शाही, उषा खड्गी र बाल–कलाकारहरु एभेलिना खड्का र समाइरा थापाको नृत्य छ । गीतको भिडियोलाई कविराजले गज्जबसँग कोरियोग्राफी गरेका छन् । भिडियोमा सबै कलाकारहरुको नृत्य उत्कृष्ट छ ।

नायक राजेश हमालको ८ वर्षपछिको कमब्याक चलचित्र भएका कारण पनि यो फिल्मको चर्चा निकै छ । यो गीतले चलचित्रको हाइप अझै उच्च बनाउने विश्वास गर्न सकिन्छ ।

दिवाकर भट्टराइको लेखन तथा निर्देशन रहेको चलचित्रमा नीर शाह, अर्जुन श्रेष्ठ, रमेश चन्द सोडारी, आशा पौडेल, प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत, प्रकाश जंग कुँवर, प्रभु श्रेष्ठ, अमित गिरी, माइकल घिमिरे, सरोज शाह, किशोर भट्ट, टार्जन लगायतका कलाकारहरुको पनि अभिनय छ ।

चन्द्र पन्तको कथा रहेको चलचित्रमा राजु तामाङको एक्सन निर्देशन, कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी, राजु विक्रम थापाको डीओपी, समीर मियाको भीएफएक्स, साहिल खान र मिलन श्रेष्ठको सम्पादन, दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको लगानी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *